Birendranagar Municipality

काठमाडौंमा साझाको विद्युतिय बस सेवा संचालन

सेरोफेरो/काठमाडौं
काठमाडौंमा साझाको विद्युतिय बस सेवा संचालन

६ कात्तिक । साझा यातायातले काठमाडौंमा विद्युतिय बसहरु संचालन गरेको छ । विद्युतिय बसहरुको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।

bijuli bus

प्रधानमन्त्री ओलीले पुल्चोकबाट सिंहदरवार सम्म विद्युतिय बस चढेर गाएका हुन् । यो बसमा चालकसहित २० सिटको क्षमता रहेको र भने बसहरुमा सीसी क्यामेरा समेत जडान गरिएको छ ।

bijuli bus 2

बसलाई एकपटक चार्च गरेपटि २०० किलोमिटर सम्म यात्रा गर्न सकिने साझाका मुख्य कार्यकारी अधिकृत भुषण तुलाधरले जानकारी दिए ।

तस्विर : प्रधानमन्त्रीको निजी सचिवालय

२०७५ कात्तिक ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्