सेरोफेरो
१० जेठ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
मंगलबार नै संसदलाई सम्बोधन गरेर राजनीमा दिने प्रधानमन्त्रीको तयारी एमालेको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि बुधबार बिहानको लागि सारिएको थियो । बिहान ९ बजेका लागि तोकिएको मुख्य तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेपछि बैठक निष्कर्ष बिहिन बन्न पुग्यो ।
संविधान विपरित एवं निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सरकारले तराईका जिल्लामा स्थानीय तह थप गरेको विरोधमा एमालेले सदन अवरुद्ध गरेको हो ।
संसदमा सम्बोधन गरेर सत्ता छोडेको जानकारी दिन खोजेका प्रधानमन्त्री दाहाल एमाले अवरोधका कारण सम्भव नभएपछि राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने विकल्पमा गएका हुन् ।
प्रतिकृया दिनुहोस्