Birendranagar Municipality

काठमाडौंमा 'कर्णाली हाउस' बन्ने

सेरोफेरो

७ कार्तिक । सरकारले सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गर्ने योजना अघि सारेको छ । ललितपुरको भैंसेपाटीमा बन्ने ति भवन प्रदेशकै नाममा नामाकरण हुनेछ ।

 

यस्तो आवास प्रदेश प्रमुख र मुख्यमन्त्रीले राजधानी आएका बेला प्रयोग गर्नेछन् । सोही आवासमा उनीहरुले विशेष भेटघाट समेत गर्न सक्नेछन् । संघीयता लागू भएका मुलुकमा यस्तो अभ्यास पाइन्छ ।

 

सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले सांसद आवास निर्माणका लागि छुट्टाइएको १ सय २३ रोपनी जग्गाबाट सातवटै प्रदेशका लागि जग्गा दिने तयारी भएको जानकारी दिए ।

 

सांसद आवासकै उक्त जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीको क्वाटर निर्माण गरिने राईले बताए। मन्त्री क्वाटर भएको ठाउँमा विदेशी राष्ट्रप्रमुखका लागि पाहुना गृह समेत बनाउने तयारी छ ।

 

सात वटासम्म विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुख आएका बेला बस्न मिल्ने भवन बनाउने तयारीमा मन्त्रालय रहेको राइले बताए ।

२०७५ कार्तिक ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्