७ कार्तिक । पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको सहयोग अत्यावश्यक भएको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले बताएका छन् ।
प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा होटल बुलबुले भ्यूको उद्घाटन गर्दै मन्त्री बुढाले कर्णालीमा पर्यटन विकासका लागि सरकार निजी क्षेत्रसंग संगसंगै जाने बताएका थिए ।
उनले भने, ‘कर्णाली प्रदेशमा अथाह पर्यटनको सम्भावना छ । यसैको खोजी गर्न प्रदेश सरकारले २०७५ लाई कर्णाली पर्यटन वर्षको रुपमा मनाइरहेको छ । यद्धपी आवश्यक पूर्वाधार नहुँदा सोचेजति पर्यटकहरु भित्रिन सकेका छैनन् ।’ यसका लागि निजी क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको पनि उनले बताए ।
कार्यक्रममा होटल बुलबुले भ्यूका प्रवन्धक जनकसिं ठकुरीले ग्राहकको स्वास्थलाई ख्याल गरी अर्गानिक खानाको व्यवस्था गर्न होटल सञ्चालनमा ल्याएको बताए ।
करीब ४ करोडको लगानीमा सञ्चालनमा आएको उक्त होटलमा २० जनाले रोजगारी पाउने ठकुरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्