७ कार्तिक । जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । नाग्म गमगडी सडक खण्डको हिमा गाउँपालिका १ वड्कीमा बुधबार भएको उक्त दुर्घटनाबाट अन्य ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तिला गाउँपालिका घर भएका ३२ वर्षीया जानकी सार्की, २६ वर्षीय उनका श्रीमान लाले सार्की र ८ महिनाकी छोरी महिमा सार्की रहेका छन् । घाइते चार जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
जुम्लाको खलंगादेखि सुर्खेतका लागि छुटेको भे १ ज ८६५ नम्बरको बुलबुले यातायातको जीप सिंजाको नराकोट गएर फर्किने क्रममा दुर्घटना भएको डिएसपी सितारम रिजालले जानकारी दिए ।
जीप सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो । रिजालका अनुसार जीप चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रतिकृया दिनुहोस्