८ कार्तिक । जुम्ला विमानस्थल १ महिना बन्द हुने भएको छ । स्तरोन्नति गर्न लागिएकोले बिहिबारदेखि करीब १ महिना विमानस्थल बन्द हुने भएको हो ।
विमानस्थलका प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज आवात जावत नहुने समयमा काम भैरहेको छ । तर अत्याधिक चिसो मौसम शुरु नहुँदै स्तरोन्नति गर्न विमानस्थलमा जहाजहरुको आवात जावत पूर्णरुपमा रोकिने भएको हो ।
शर्माले भने, कार्य सम्पन्न नहुँदासम्म कुनै पनि जहाजले उडान भर्न पाउने छैनन् । धावन मार्गको पिच उप्किएर घाँसे मैदान बढ्दै जान थालेपछि स्तरोन्नति गर्न लागिएको शर्माले बर्ताए ।
हाल जुम्लामा तारा, सिता समिट र नेपाल एयरलाइन्सले सेवा दिइरहेका छन् ।
प्रतिकृया दिनुहोस्