Birendranagar Municipality

भाकपा नेता यचुरी काठमाडौंमा

सेरोफेरो
भाकपा नेता यचुरी काठमाडौंमा

८ कार्तिक । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौं आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा बिहिबार उनी काठमाडौं ओर्लेका हुन् ।

 

यचुरीका साथमा भाकपा केन्द्रीय कमिटी सदस्य जोगेन्द्र शर्मा पनि आएका छन् । उनीहरु दुबैलाई नेकपा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विष्णु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

 

महासचिव यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजना हुने विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२०७५ कार्तिक ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्