Birendranagar Municipality

निलम्बित एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

सेरोफेरो
निलम्बित एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

बर्खास्त भएका बिष्टले सुर्खेतको गोठीकाँडामा खिचेको तस्बिर।

८ कार्तिक । निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लिराज बिष्ट र इन्स्पेक्टर जगदिश प्रसाद भट्टलाई गृह मन्त्रालयले बिहिबार सेवाबाट बर्खास्त गरेको छ । दुबै प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयको सिफारिशमा मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो ।


कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै उनीहरु निलम्बनमा परेका थिए । मन्त्रालयले यसअघि दुबैलाई किन बर्खास्त नगर्ने भन्दै दुई पटक स्पष्टिकरण सोधेको थियो।

 

विष्ट र भट्टले दिएको स्पष्टिकरण चित्त बुझ्दो नभएकाले सेवाबाट बर्खास्त गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुबै जनालाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो।

 

निर्मला पन्त प्रकरणमा प्रहरी अधिकृतहरुनै प्रमाण लोप गर्न लागिपरेको सरकारी अनुसन्धान समितिको प्रतिवेदनमा उल्लेख छ । निर्मलाको हत्यारा पत्ता लगाई सार्वजनिक गर्न देशैभरी विभिन्न प्रदर्शन गरिएका थिए ।

12

२०७५ कार्तिक ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्