Birendranagar Municipality

ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

सेरोफेरो

९ कार्तिक । काठमाडौंको लोलाङमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ।

 

शुक्रबार बिहान ख ७८२५ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ७० वर्षीया तिलकुमारी तिवारी र साढे ३ वर्षीय बालक अजित तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

सोही ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया सावित्री पुडासैनीको उपचार भइरहेको महानगरीय वृत बालजुका डिएसपी चिरञ्जीवी कोइरालाले बताए। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७५ कार्तिक ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्