९ कार्तिक । लोक सेवा आयोगले पदपूर्ति सम्बन्धि २०७५ ०७६ को वार्षिक कार्यतालिका संशोधन गरेको छ ।
सरकारले लोक सेवा आयोगलाई २ महिना कर्मचारी छनौटको विज्ञापन नखोल्न अनुरोध गरेसंगै आयोगले शुक्रबार परिमार्जित तालिका सार्वजनिक गरेको हो ।
तालिका संशोधन गर्दा काममा चाप पर्ने भएपनि सरकारको अनुरोध स्वीकार गरी २ महिनाका लागि भर्ना रोकिएको आयोगले जनाएको छ ।
परिमार्जित कार्यक्रम अनुसार सहसचिव, उपसचिव वा सो सरह र एघारौं र नवौं तहका लागि लिखित परीक्षाहरूको विज्ञापन मंसिरमा हुनेछ । भने पुस १ देखि पछिका कार्यक्रमलाई पुरानै कार्यतालिका अनुसार मिलान गरिएको छ ।
जानकारहरुका अनुसार आयोगको यस्तो निर्णयले लोक सेवा आयोगका परीक्षाको तयारी गरिरहेका परीक्षार्थीहरुलाई मर्का पर्ने देखिन्छ ।
संशोधित कार्यतालिका हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्