९ कात्तिक । सुर्खेतमा शुक्रवारदेखि कृषि तथा सांस्कृतिक पर्यटन प्रवर्धन व्यापार महोत्सव सुरु भएको छ ।
समुदायको संस्कृती झल्काउन र बौद्ध श्रवण निर्माणका लागी आर्थिक संकलन गर्न नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्ले महोत्सवको आयोजना गरेको महोत्सव प्रचारप्रसार समितीका संयोजक मिलन श्रेष्ठले बताए ।
कात्तिक १५ गतेसम्म चल्ने महोत्सवमा २ सय ५० स्टल रहेका छन् । स्टलमा विभिन्न जाती तथा समुदायको संस्कृती झल्कने खालको सामाग्री तथा परिकारहरु राखिएको छ ।
कार्यक्रमका बोल्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले सबै जातजाती मिलेर कर्णालीको विकास गर्नु पर्ने बताए ।
महोत्सवको पहिलो दिन सेरोफेरोले लिएका केहि तस्बिर ।
प्रतिकृया दिनुहोस्