१० कात्तिक । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माग गरेका छन् ।
नेपाल तरुण दल स्थापनाको ६५औं वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने धारणा व्यक्त गरेका थिए ।
उनले भने, हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौंसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही होस्उ ।
दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्य मान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताए । २००७ सालपछि प्रजातन्त्र सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो ।
प्रतिकृया दिनुहोस्