Birendranagar Municipality

प्रधानमन्त्रीद्वारा राजिनामा

प्रधानमन्त्रीद्वारा राजिनामा

सेरोफेरो


१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिएका छन् ।

 

भर्खरै सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गरि सत्ता गठबन्धनमा आफु इमान्दार भएको जिकिर गर्दै प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेका हुन् ।

 

आफ्नो कार्यकालमा भएका राम्रा कामको फेहरिस्त बताउंदै उनले सत्ता छाडेपनि एउटा नेता र सांसदको रुपमा मुलुक र जनताको सेवा गर्ने बताए ।
दोस्रो चरणको निर्वाचन यही सरकारले गराओस् भन्ने धेरैको चाहना प्रति आभार प्रकट गर्दै उनले सरकार गठनको समयमा कांग्रेससँग भएको सहमति अनुसार नै राजिनामा दिएको जानकारी गराए । साथै आज नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाउने बताएका छन् ।

 

दाहाल २०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी दोस्रोपटक मुलुकको ३९ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका थिए । कांग्रेस, माओवादी केन्द्रको गठबन्धन अनुसार अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने छन् ।

 

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक रुपमा रहेको समस्या र असमझदारी हटाएको बताए । साथै शान्ति प्रक्रियाको काम, भूकम्पपछिको पुनर्निर्माण र पीडितलाई राहत वितरण लगायतका कार्य आफ्नो सरकारले प्रभावकारी रुपमा गरेको बताए ।


मंगलबार नै संसदलाई सम्बोधन गरेर राजनीमा दिने प्रधानमन्त्रीको तयारी संविधान विपरित एवं निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सरकारले तराईका जिल्लामा स्थानीय तह थप गरेको विरोधमा एमालेले सदन अवरुद्ध गरेपछि पुरा हुन सकको थिएन ।

२०७४ जेठ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्