Birendranagar Municipality

प्रधानमन्त्री ओलीलाई भेट्न नेता कार्यकर्ता अस्पतालमा

सेरोफेरो

१२ कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेट गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको छ ।

 

खोकी बढेपछि सोमबार बिहान सवा ३ बजे ओलीलाई अस्पताल पुर्‍याइएको थियो । उनलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी भास्कुलर सेन्टरमा राखिएको छ । अस्पताल भर्ना भएलगत्तै शुभेच्छुक, नेता तथा कार्यकर्ता उनलाई भेट्न अस्पताल परिसर पुगेका छन् ।

 

प्रधानमन्त्री ओली केही दिनयता अस्वस्थ छन् । स्वास्थ्यमा समस्या देखिएका कारण शनिबार पार्टीले आयोजना गरेको चियापानमा समेत उनी सहभागी हुन सकेनन् ।सामाजिक सञ्जालमा धेरैले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

२०७५ कात्तिक १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्