१४ कात्तिक । प्रदेश १ सरकारले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बिराटनगरका बासिन्दा प्याकुरेललाई उक्त नियुक्ति दिने निर्णय गरेको हो ।
सरकारले आयोगको सदस्यमा मिना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । हाललाई तीन सदस्यीय समिति रहेको आयोगमा दुई जना सदस्य थप गरिने मन्त्री प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
प्याकुरेल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष हुन् ।
प्रतिकृया दिनुहोस्