१६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य लाभ गरी अस्पतालबाट आज साँझ सरकारी निवास बालुवाटार फर्र्किएका छन् । कात्तिक १२ गते ओलीको स्वास्थ्यमा समस्या आएपछि त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरिरमा चिनीको मात्र असन्तुलित देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएका थिए ।
प्रधानमन्त्री ओलीलाई प्रा.डा.अरुण सायमीको संयोजकत्वमा प्रा.डा.दिव्या सिंह शाह र डा.सन्त कुमार दाश सम्मिलित समुहले उपचार गरेको थियो ।
प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गर्दे धन्यवाद दिएका छन् । यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने पार्टी नेता, कार्यकर्ता, कर्मचारी, सुरक्षा निकाय, शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् ।
प्रतिकृया दिनुहोस्