सेरोफेरो
१० जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देव कुमार सुवेदीले आफुहरु गरिवको अविभावक भएको बताएका छन् । वीरेन्द्रनगर नगरपालिका कार्यालय सुर्खेतले बुधबार आयोजना गरेको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु र कर्मचारी बिचको परिचयात्मक कार्यक्रममा उनले आवश्यकता र जनचाहना अनुरुप स्रोत साधन कम भएको तर्फ इङ्गित गर्दै यस्तो बताएका हुन ।
‘हाल नगरमा एउटा गरिव परिवारमा दशैँ आएको जस्तो भएको छ, बावु आमाको आम्दानी कम छ तर परिवारका सदस्यहरुलाई भने सबै कुराको आवश्यकता छ’ उनले भने । सिमीत स्रोत भएपनि आफुहरुले विकासका लागि समानुपातिक र समावेशी कदम चाल्ने प्रतिवद्धता जनाए ।
यसैगरी उप –प्रमुख मोहनमाया भण्डारी (ढकाल) ले कर्मचारी र पदाधिकारीहरुको सम्बन्ध नङ र मासुको जस्तो बनाउनुपर्नेमा जोड दिइन् । जनताले दिएको मतलाई सम्मान गर्नका लागि वीरेन्द्रनगरका समस्यालाई समाधान गर्ने कार्यमा कर्मचारी र पदाधिकारीहरु दिन रात नभनेर लाग्नुपर्ने बताइन् ।
नवनिर्वाचीत जनप्रतिनीधिलाई बधाई तथा स्वागत गर्दै नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले धेरै समयपछि नगरपालिकाले अविभावक पाएकोमा खुशी व्यक्त गर्दैै कार्य सम्पादनमा समेत सहयोग पुग्ने आशा राखे ।
नगरपालिकाका कार्यकारी अधिकृत विमलराज आचार्यले नगर प्रमुख र उप प्रमुख भन्दापनि बढि अधिकार वडा तहमा भएको हुंदा कागजपत्रमा हस्ताक्षर लागएत कुनै काम गर्दा विशेष ध्यान पुर्याउन आग्रह गरे ।
साविकको नगरपालिकाले गर्दै आएका योजना तर्जुमा, विकास कार्य तथा नियमन कार्य तर्फ २८ र सिफारिस तथा प्रमाणित सम्बन्धी ३७ वटा कार्यहरु स्थानिय तहको नयाँ संरचना अनुसार हाल वडा तहबाट सम्पादन गर्नुपर्ने हुन्छ ।
प्रतिकृया दिनुहोस्