१६ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्री पदबाट विस्थापित हुनु परेको छ । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग स्थापितको विवाद भएको थियो ।मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।
पौडैलले सविधानको धारा १६९ को उपधारा २ को खण्ड क अनुसार स्थापितको कार्यशैली, अमर्यादित व्यवहार र उनी नेतृत्वको मन्त्रालयको असक्षम कार्यकुशलतालाई मुख्य आधार मान्दै पदबाट हटाएका हुन्।
उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।
तस्विर : गुगल
प्रतिकृया दिनुहोस्