१८ कात्तिक । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चितवन राइनोज र काठमाडौं रोयल्सबीच आज प्रतिस्पर्धा हुँदैछ ।
लिगको दोस्रो र तेस्रो स्थानमा रहेको चितवन र काठमाडौंले आइतबार पोखरा रंगशालामा प्रतिस्पर्धा गर्न लागेको हो ।
चितवनले लिग चरणको ५ खेलमध्ये ३ मा जित र २ मा हार ब्यहोरेको थियो । काठमाडौंले पनि ५ खेलमा ३ जित र २ हार ब्यहोरेको थियो ।
लिगको शीर्ष स्थानमा रहँदै पोखरा पल्टन भने फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल मंगलबार हुदैछ ।
प्रतिकृया दिनुहोस्