१८ कात्तिक । कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, जुम्ला लगायतका जिल्लामा आज बिहानबाट हिमपात भएको छ । हिमपातसंगै ति जिल्लामा चिसो बढ्दै गएको छ ।
गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो ।
कात्तिकमा परेको हिमपातले बालीनाली भित्र्याउन समस्या पार्ने भन्दै किसानहरु चिन्तित बनेका छन् ।
प्रतिकृया दिनुहोस्