Birendranagar Municipality

डोल्पामा जीप दुर्घटना हुँदा १० को मृत्यु

सेरोफेरो

१९ कात्तिक । डोल्पामा जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।


डोल्पाको दुनैबाट सुपानीतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जप सोमबार ठूलो भेरी नगरपालिका ९ स्थित सडक खण्डबाट भेरी नदीमा खसेको हो ।

 

जिल्ला प्रहरी कार्यलय डोल्पाका अनुसार नदीबाट १० जनाको शव निकालिएको छ । मृत्यु हुने १० मध्ये ७ पुरुष र ३ महिला रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए ।

 

मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोटका हेमराज हमाल, लक्ष्मी रोकाय, नरसिँह कठायत, शेरबहादुर थापा, वडा नं. २ का अस्मिता रोकाय, कुमार रोकाय, वडा नं. ३ का बुध धराला, वडा नं. ५ का याम रोकाय, ठूलीभेरी नगरपालिका वडा नं. ५ का भद्र रोकाय र वडा नं. ३ का मनिसा धराला छन् ।


घाइतेमध्ये त्रिपुराशुन्दरी नगरपालिका २ का वडा अध्यक्ष नन्दबहादुर थापा र चालक त्रिपुरासुन्दरी ३ का दिनेश बोहोरा रहेका छन् । घाइतेको डोल्पा जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

 

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सोमबार एक शोक विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

२०७५ कात्तिक १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्