Birendranagar Municipality

सिम्ता गाउँपालिकामा विपन्नता स्तरीकरण

सेरोफेरो
सिम्ता गाउँपालिकामा विपन्नता स्तरीकरण

२० कात्तिक । सुर्खेतको सिम्ता गाउँपालिकामा विपन्नता स्तरीकरण गरिएको छ । नेपालमा पहिलो पटक गाउँपालिकाले विपन्नता स्तरीकरण गरेको हो । सवै वडाका जनताको घरदैलोमा पुगी संकलन गरेको विन्नता स्तरीकरणको नतिजा अनुसार गाउँपालिकाले प्रमाणपत्र बाँडिएको छ ।

 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेको कार्यक्रममा क, ख, ग र घ गरी चारवटा वर्गको प्रमाणपत्र वितरण गरिएको छ । अब विभिन्न लक्षित तथा आयआर्जन मुखि कार्यक्रम छनोट गर्दा अतिविपन्न वर्गमा केन्द्रित गरिने गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले बताए ।

 

मन्त्री ज्वालाले गाउँपालिकाको यो कार्य प्रशंसनीय रहेको भन्दै क्रमवद्ध स्तरवृद्धिका योजना ल्याउनुपर्ने बताए। कार्यक्रममा गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज ओली, गरिबी निवारण कोषका केन्द्रीय कार्यकारी निर्देशक नहकुल केसीलगायतले शुभकामना दिएका थिए ।
तस्विर : जागरण एफएमबाट

 

२०७५ कात्तिक २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्