२२ कात्तिक । ‘तिहार आफु पनि मानौं र अरुलाई पनि मान्न दिऔं ।’ यो अपिल सुर्खेत प्रहरीको हो ।
नेपालमा खासगरी हिन्दुहरुले दशै पछिको दोस्रो ठूलो चाडपर्वको रुपमा तिहारलाई मनाउने चलन छ ।
दशंै र तिहार मनाउनको लागी रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशमा रहेकाहरु समेत घर पुग्ने गर्दछन् ।
वर्ष दिनको चार्डपर्वलाई धुमधामका साथ मनाउनका लागी खानपिन र रमाईलोमा नेपालीहरु खर्च गर्छन् । पछिल्लो समया अूलाई देखाउन पनि खर्च गर्ने प्रवृत्ति बढेको छ । तर चार्डपर्व मनाउने क्रममा संयमितता अपनाउन नसक्दा विभिन्न घटनाहरु घट्न सक्छन् । यसमा विशेषगरी यूवा तथा किशोरहरु सचेत रहनु जरुरी हुन्छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि दशै तथा तिहारको बेलामा विभिन्न खालका घटनाहरु घट्ने भएकोले प्रहरीले विशेष खालको सुरक्षा व्यवस्था मिलाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीका अनुसार अत्याधिक रुपमा सुर्खेतमा जुवातास र मदिराको बिगविगी छ । तिहार आंफुपनि मानौ र अरुलाई पनि मान्न दिआंै भन्ने अपिलका साथ सुर्खेत प्रहरीले सुरक्षा तथा चेकजांचमा कडाई गरेको छ ।
क्षेत्रीले भने ‘तिहारको बेलामा घट्न सक्ने घटनाहरुको लागी प्रहरी गस्ती, मोवाईल, मोटरसाईकल र साईकल गस्ती गरिरहेका छौं ।’ तिहारको बेलामा विशेषगरी जुवातास, चोरी , लागुपदार्थ, आगलागी तथा सवारी दुर्घटनाका घटनाहरु घट्ने भएकोले यसमा सचेत हुन आम नागरिकहरुलाई प्रहरीको सुझाव छ ।
तिहारलाई शान्त र शुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा रहेका ३ सय ५० जना प्रहरी जनशक्ति खटाईने छ । त्यसमा पनि सुर्खेत जिल्लाको नाका भेरीगंगा नगरपालीकामा पर्ने छिन्चु र वीरेन्द्रनगर नगरपालीकाको सुब्बाकुनामा विशेष चेकजांचको व्यवस्था मिलाएको छ ।
नयां कानुन अनुसार पटकालाई पनि विष्फोटक पदार्थहरुको रुपमा परिभाषित गरिएकाले पटका पट्काउने र ओसारपसार गर्ने काम आम नागरिकले नगर्न अपिल समेत प्रहरी नायब उपरिक्षक क्षेत्रीले गरेका छन् ।
पटका ओसारपसार तथा विक्री गर्ने र पट्काउनेलाई बढिमा तिन वर्ष जेल र ३० हजार रुपैयां सम्म जरिवानाको व्यवस्था भएकोले यसमा सचेत हुन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार असोज महिनाभरी ४० जना जुवाडेहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन् । असोजमा ४ वटा जुवातासका घटना दर्ता भएका छन् । कात्र्तिक महिनाको १७ गतेसम्म सम्ममा दुइैवटा जुवातासका मुद्धा दर्ता भएका छन् भने १९ जना पक्राउ परेका छन् ।
प्रतिकृया दिनुहोस्