सेरोफेरो
१० जेठ, नेपालगञ्ज । सामना भट्टराईले ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतलाई पहिलो पटक पदक दिलाएकि छिन् ।
जिल्ला समन्वय समिती बा“केको आयोजना तथा जिल्ला ब्याडमिन्टन संघ वाँकेको सहकार्यमा जेष्ठ ८ देखी १० गते सम्म नेपालगञ्जमा डिडिसी कप अन्तर स्कुल तथा खुला व्याडमिन्टन प्रतियोगिता २०७४ मा सामनाले यू–१६ गल्र्स सिङ्गल तर्फ प्रथम स्थान हासिल गरिन् ।
यस अघि विभिन्न प्रतियोगितामा सहभागि भएतापनि सुर्खेतले पदक भने प्राप्त गरेको थिएन । जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष छविलाल शाहीका अनुसार सामना यस अघि काठमाडौंमा भएको अण्डर फोर्टीनको गल्र्स च्याम्यिनसिपमा क्वाटर फाइनल सम्म पुगेकी थिइन् । इलाइट सेकेण्डरी बोर्डीङ स्कुलमा कक्षा १० मा अध्ययनरत सामनाले प्रथम स्थान हासिल गरी सुर्खेतलाई पहिलो पटक पदक दिलाएकोमा खुशी व्यक्त गरे ।
प्रतियोगितामा वाँके, दाङ्ग, सुर्खेत, जाजरकोट, कैलाली र कञ्चनपुरका १६ महिला र एक सय २२ जना पुरूष खेलाडीहरुले चार वटा ईभेन्टमा सहभागिता जनाएका थिए । बुधबार सम्पन्न प्रतियोगितामा यू–१६ गल्र्स सिङ्गल तर्फ सुर्खेतकी सामना प्रथम, वाँकेकि समिक्षा न्यौपाने द्घितिय, कञ्चनपुरकि प्रसुना खत्री र विष्ना विष्ट तृतीय भएका थिए ।
यसैगरी यू–१६ ब्याईज सिङ्गल तर्फ कैलालीका देवराज राना प्रथम, कैलालीकै अमृत चौधरी द्घितिय, कञ्चनपुरका खगेन्द्र जोरा र कैलालीका रोशन साउद तृतीय भए ।
त्यस्तै पुरूष सिङ्गल तर्फ वाँकेका ईरफान अन्सारी प्रथम, रियाज अन्सारी द्घितिय, शिव थापा र सहराज अन्सारीले तृतीय स्थान हासिल गरे । पुरूष डब्बल्स तर्फ भने बिलाल वारिस र कुमार शान शाह प्रथम, ईरफान अन्सारी र हरि प्याकुरेल द्घितिय, अभयलाल श्रेष्ठ र मिन बहादुर मल्ल तृतीय एवं कुमार उप्रती र दिल बहादुर घर्ती तृतीय भएका छन् ।
विजयी खेलाडीहरु लाई प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, जिल्ला ब्याडमिन्टन संघ र नेपाल ब्याडमिन्टन संघका पदाधिकारीले प्रमाण पत्र र नगद पुरस्कार वितरण गरेका थिए । नगद पुरस्कार स्वरुप प्रथम, द्घितिय र तृतीय हुने खेलाडीहरु लाई क्रमशः रु दश हजार, पाँच हजार र दुइ हजार प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्