Birendranagar Municipality

सुदूरपश्चिम प्रदेशका मन्त्रीको गाडी दुर्घटना, तीन घाईते

सेरोफेरो

२४ कात्तिक । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको जीप कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

 

बा२झ ३१२५ नं को स्कारपियो जिप र से३प २४२० नं को मोटरसाइकल पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालीको बडैपुर सडक खण्डमा आपसमा ठोक्किएका हुन् ।

 

जीपमा मन्त्री भने सवार थिएनन् । दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

 

दुर्घटनाबाट गम्भीर घाइते चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।
अनलाईनखवरबाट

२०७५ कात्तिक २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्