२४ कार्तिक। नेपालका वरिष्ठ छाला तथा यौन रोग विषेशज्ञ डा. जी राज शाक्यले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई अक्षय कोष स्थापना सहयोगार्थ रु १ लाख ५ हजार ५ सय ७७ रुपैया सहयोग गरेका छन् ।
डा. शाक्य नेपालमा काशी हिन्दु विश्वविद्यालय (BHU) भारतबाट सन १९८३ जनवरीमा छाला तथा यौन रोग विषयमा डाक्टर अफ मेडिसिन (MD) को उपाधी प्राप्त गर्ने पहिलो नेपाली हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै डा. शाक्यले यो अक्षय कोषमा विभिन्न दाता, स्थानीय तथा सरकारी सहयोग निरन्तर बृद्धी हुँदै गएमा दृष्टिविहिनहरुमा दिर्घकालीन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सहयोग रकम शाक्य पुचः नेपालगंजका उपाध्यक्ष मोतीकाजी शाक्य तथा महासचिव गोपीचन्द्र शाक्यको उपस्थितीमा दृष्टिविहिन हेरविचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यलाई हस्तारण गरिएको हो ।
प्रतिकृया दिनुहोस्