२७ कात्तिक । रारा क्याबिनेटबाट पारित हिल्सा सिमकोट सुर्खेत जमुनाह प्रधानमन्त्री द्रुत लोकमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । नेपाल सरकारको सहमतिमा कर्णाली प्रदेश सरकार र चिनियाँ सरकारी कम्पनी China Railway Eryuan Engineering Company का बीच MOU भएको थियो । आज सुर्खेत हिल्सा हवाई सर्भे सम्पन्न भएको छ भने भोलिदेखि स्थलगत सर्भे हुने आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको नेतृत्वमा आएको चिनीयाँ सिन्चुवान प्रान्तको सरकारी रेल वे कम्पनीको प्राबिधिक सहितको टोलीले हिल्साबाट सो सर्भेको सुरुवात गरेको हो ।
सुर्खेत, सिमकोट हुँदै हिल्सासम्मको हवाई अबलोकन गरेर सिमकोट पुगेपछि आयोजित कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशका लागि सुनौलो दिनको सुरुवात भएको बताउदै अन्य नाका ब्यापारिक नाका मात्र भएको र हिल्सा नाका प्रदेशको मात्र नभएर देशकै आर्थिक सम्बृद्धिसंग जोडिएको नाका भएको बताए ।
कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामीला मन्त्री प्रकाश ज्वाला, भौतिक पुर्बाधार मन्त्री खड्क खत्री, सामाजिक बिकास मन्त्री दल बहादुर रावल, सात सदस्यीय चिनीयाँ प्राबिधिकको टोली, हुम्ला जिल्लामा सांसद छक्क बहादुर लामा र रंगमति शाही लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्