Birendranagar Municipality

कर्णाली प्रदेश प्राप्तीका सहिद विसीको जन्मदिनमा अस्पतालमा फलफूल वितरण

सेरोफेरो
कर्णाली प्रदेश प्राप्तीका सहिद विसीको जन्मदिनमा अस्पतालमा फलफूल वितरण

२८ कात्तिक । कार्णाली प्रदेश प्राप्तीका लागी सहिद बनेका याम बहादुर बिसीको ३१ औं जन्मदिनमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । सहिद याम बिसी स्मृति प्रतिष्ठानले सुर्खेतमा रहेको आइएनएफ अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

 

बिरामीहरुलाई फलफूल वितरण गर्दै याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् सहिद याम बहादुर बिसीका पिता शेर बहादुर बुढाले आफूले छोरो गुमाए पनि छोराले देशको लागि रगत बगाएर शहादत प्राप्त गरेर यो प्रदेशको स्थापना भएकोले अब यस प्रदेशले समृद्धि प्राप्त गर्नु पर्ने बताए ।


कार्यक्रममा आइएनएफ अस्पताल सुर्खेतका मेडिकल अफिसर डा. खगेन्द्र गौतमले सहिद को जन्मदिनमा बिरामीहरुलाई फलफूल वितरण गरेर संस्थाले राम्रो कार्य गरेको बताउँदै उनले भने, ‘सबैको साथ र सहयोगले यो अस्पताल संचालन भइरहेको छ । जुन साथ र सहयोगमा याम बिसी स्मृति प्रतिष्ठान पनि थपिएको छ । यो सामाजिक कार्यका लागि प्रतिष्ठान परिवारलाई धन्यवाद दिन्छु ।’


कार्यक्रममा सहिद बिसीका माता बाली बुढा लगायत पत्रकार, समाजसेवी, स्वास्थ्यकर्मीहरुका साथै विरामी कुरुवाहरुको समेत उपस्थिति रहेको थियो ।

२०७५ कात्तिक २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्