Birendranagar Municipality

कर्णाली सुहाउँदो स्वास्थ्य निती आवश्यक भएको युवाहरुको भनाई

सेरोफेरो
कर्णाली सुहाउँदो स्वास्थ्य निती आवश्यक भएको युवाहरुको भनाई

२९ कात्तिक । कर्णालीमा स्वास्थ्य सम्बन्धि निती बलियो बनाउन कर्णाली प्रदेशका युवा नेताहरुले सरकारलाई आव्हान गरेका छन् । बिहिबार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस– पार्क) मुगुले कर्णाली प्रदेशका १० जिल्लाका विद्यार्थी नेताहरुको भेला गरी सुरक्षित गर्भपतनका मुल्य र मान्यता विषयमा अन्र्तक्रिया कार्यक्रममा गरेको थियो ।


कार्यमक्रममा सहभागीहरुले कर्णाली प्रदेशमा गर्भपतन गरेकै कारण थुप्रै महिलाहरुको ज्यान जाने भएकोले स्वास्थ्य सम्बन्धि बलियो निती बनाउन सरकारलाई आव्हान गरेका हुन् । कार्यक्रममा बोल्दै विद्यार्थी नेता यमुना सापकोटाले कर्णाली प्रदेश सरकारले स्वास्थ्य सम्बन्धि निती बनाउंदै गरेको भए माटो सुहांदो बलियो निती बनाउन आग्रह गरिन् । उनले भनिन् ‘ कर्णाली प्रदेश सरकारले कर्णालीमा बलियो स्वास्थ्य निति बनाउन जरुरी छ । कर्णाली प्रदेश सरकारको प्रतिपक्ष पार्टिको भातृसंगठनको प्रतिनिधित्व मैले गरेकी छु । तर पनी मैले हाम्रा प्रतिनिधीहरुलाई स्वास्थ्य सम्बन्धि बलियो निती बनाउनको लागी दबाब दिनेछु ।’

 

त्यस्तै शिक्षा क्याम्पस सुर्खेतका स्ववियु सभापति चक्रबहादुर शाहिले कर्णालीमा स्वास्थ्य निती बलियो बनाउनको लागी विभिन्न पार्टिका भातृसंगठनहरुले दबाब दिनुपर्ने बताए । उनले भने ‘ हामी निती निर्माण तहमा पुगेका त छैनौ तर निती बनाउनेहरुलाई दबाब दिने ठांउमा छौं । त्यसैले कर्णालीका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य निती बलियो बनाउनु जरुरी छ । ’

 

कार्यक्रममा सहभागी अधिकांश युवा नेताहरुले कर्णालीका १० वटै जिल्लाका स्थानिय तहहरुमा नेपालसरकार बाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाटै सुरक्षित  गर्भपतनको व्यवस्था सरकारले गरिदिनुपर्ने बताएका थिए ।


कार्यक्रममा बोल्दै कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्रका अध्यक्ष अजबहादुर शाहिले कर्णाली प्रदेशमा सक्रिय विभिन्न राजनितीक दलहरुका भातृसंगठनहरुनै भोलीका देश हांक्ने खम्बा भएकोले कार्यक्रममा सहभागी गराएको बताए । उनले भने ‘गर्भपतन सम्बन्धि कर्णालीको दर्दनाक यथार्तताको जानकारी युवा नेतृत्वलाई पनी हुनु जरुरी छ । ताकी उनीहरुले निती निर्माण हुने क्रममा माथील्लो निकायलाई दबाब दिन सकुन् ।’ कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न पार्टीका भार्तसंगठनमा आवद्ध करिब ४० जना युवानेताहरुको सहभागीता रहेको थियो ।

 

कार्यक्रममा मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल सुर्खेत, कोक्याव र आयोन नेपालले समन्वय गरेका थिए ।

२०७५ कात्तिक २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्