Birendranagar Municipality

प्रधानमन्त्री ओली र यूएनका उपमहासचिब मोहम्मद बीच शिष्टाचार भेट

सेरोफेरो
प्रधानमन्त्री ओली र यूएनका उपमहासचिब मोहम्मद बीच शिष्टाचार भेट

२९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मद –ब्mष्लब व्। ःयजबmmभम बीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ ।


भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ती अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराएका छन् । यसैगरी प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्र संघले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गरेका छन् ।

 

“राष्ट्र संघको ७३ औं महासभामा भाग लिने क्रममा पनि यस विषयमा महासचिबसँग विस्तृतमा कुराकानी भएको छ ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने “नेपालको शान्ती, विकास र समृद्धिका लागि यूएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”


यसैगरी उपमहासचिब मोहम्मदले नेपालले दिगो विकास लक्ष्य २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गर्नुभएको छ । “नेपालको राजनीति दिगो विकास लक्ष्य हाँसिल प्राप्त गर्न सही बाटोतिर गइरहेको हामीले महसुष गरेका छौं” उपमहासचिब मोहम्मदलाई उधृत गर्दै डा. भट्टराईले भने “नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा आधारमा सहयोग गर्न हामी तयार छौं ।”

 

२०७५ कात्तिक २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्