Birendranagar Municipality

देउसी भैलोको रकमले ज्येष्ठ नागरिकलाई लठ्ठी

रत्न भण्डारी /हुम्ला
देउसी भैलोको रकमले ज्येष्ठ नागरिकलाई लठ्ठी

३० कात्तिक । तिहारमा देउसी भैलो खेलेको करीब ४२ हजार बराबरको रकमले ज्येष्ठ नागरिकलाई लठ्ठी वितरण गरिएको छ ।


ठेहे गाउँका युवाले मिलेर एक कार्यक्रम आयोजना गरी शुक्रबार ४० जना ज्येष्ठ नागरिकलाई सहाराको लागि लठ्ठी वितरण गरेको हो ।


असक्त, अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् भनेर सिमकोट गाउँपालिका वडा नम्बर १ र २ का ज्येष्ठ नागरिकलाई लठ्ठी वितरण गरिएको विकासको बाटो युवा क्लबका अध्यक्ष अनिस भण्डारीले बताए ।


देउसी भैलो खेलेको रकमबाट वनभोज खाने र पैंसा भाग बण्डा गर्ने चलन विद्यमान भएतापनि युवा क्लबले जिल्लामै पहिलो पटक सामाजिक काममा रकम सदुपयोग गरेको छ ।


वृद्धा अवस्थाको सहायता भनेको लठ्ठी नै हुने भएकाले छोरीछोरीहरुले पनि आमाबुबाको सहारा बनुन भन्ने जनचेतना फैलाउन लठ्ठी वितरण गरेको क्लबका संयोजक बलिराज भण्डारीले बताए ।


आफना घरका छोरा छोरीहरुले साथ नदिए पनि गाउँका युवाले रमाइलोका लागि खेलेको देउसीबाट उठेको पैंसाले लट्ठी किनेर दिँदा आफुलाई राहत भएको वडा नं २ निवासी खुन्टी बोहराले बताइन् ।

२०७५ कात्तिक ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्