Birendranagar Municipality

नेपाल शिक्षक महासंघको देशव्यापी आन्दोलन , शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट बिनियोजन गर्न माग

मिना बुढाथोकी /सल्यान
नेपाल शिक्षक महासंघको देशव्यापी आन्दोलन , शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट बिनियोजन गर्न माग

३० कात्तिक । नेपाल शिक्षक महासंघले शिक्षा क्षेत्रका लागी कुल बजेटको २० प्रतिशत बजेट बिनियोजन गर्न माग गरेको छ । गुणस्तरीय शिक्षाका लागी बिश्व शैक्षिक मञ्च र दलहरुका घोषणा पत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रका लागी कूल बजेटको २० प्रतिशत र कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत रकम बिनियोजन गर्न माग गरेको हो ।


महासंघको राष्ट्रिय कार्यक्रम अन्र्तगत शुक्रबार देशभर विरोधका कार्यक्रम गरिएको छ । शिक्षा बिकास तथा समन्वय ईकाई सल्यानको परिसरमा पनि धर्ना तथा बिरोध सभा गर्दै नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिती सल्यानले बिहान १० बजे देखी दिउसो २ बजे सम्म धर्ना गरी बिरोध सभा समेत गरेको थियो ।


महासंघले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघिय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोही अनुसार पारिश्रमीक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाइ स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्ने लगाएत २६ बुदे माग राखेको छ ।


महासंघका सल्यान अध्यक्ष मधुसुधन गिरीले अनिबार्य र निशुल्क शिक्षा ब्यबहारमा लागु हुनुपर्ने, संबैधानिक स्तरको शिक्षक सेवा आयोग, राष्ट्रिय शिक्षा आयोग जस्ता बिद्यालय शिक्षाको सुधारको लागी गठन गरिनुपर्ने, औचित्य र प्रभावकारीता आधारमा नमुना बिद्यालय घोषणा गरिनुपर्ने लगाएतका माग राखेर धर्ना तथा बिरोध सभाको आयोजना गरेको बताए ।


यसैगरी महासङ्घले शिक्षासम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउन समेत माग गरेको छ ।

 

२०७५ कात्तिक ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्