Birendranagar Municipality

कर्णाली प्रदेशमा सफ्टवयरमा मात्र काम गर्ने एनजिओको काम छैन : मुख्यमन्त्री शाही (भिडियो)

सेरोफेरो
कर्णाली प्रदेशमा सफ्टवयरमा मात्र काम गर्ने एनजिओको काम छैन : मुख्यमन्त्री शाही (भिडियो)

२ मंसिर । कर्णाली प्रदेशमा सफ्टवयरमा मात्र काम गर्ने एनजिओको काम नभएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । कर्णालीको विकासको नाममा तारे होटल र शहर केन्द्रित कार्यक्रमले कर्णालीका जनताको जिवनस्तरमा केहि परिवर्तन नहुने मुख्यमन्त्रीको भनाई छ ।

 

'हामीलाई हाम्रो आवश्यकता अनुसारका कार्यक्रम चाहिएको छ, नकि एनजिओले हामी संग सरोकार नराखी ल्याइएका कार्यक्रमले जनताको जिवन स्तरमा परिवर्तन हुनै सक्दैन' मुख्यमन्त्री शाहीको भनाई छ ।


कर्णाली सरकारले जनताहरुलाई श्रमको सम्मान गर्ने वातावरणको सृजना गर्न हरेक महिनाको दुई दिन श्रम दिनको शुरुवात गरेको मुख्यमन्त्री शाहीले बताए । नेपालको अन्य प्रदेशभन्दा भुगोलमा ठुलो कर्णाली प्रदेशमा कृषिलाई व्यवसायीकरण गरी आत्मनिर्भर बन्नको लागी सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको उनको भनाई छ ।

 

मुख्य मन्त्री शाहीले हिल्सा सिमकोट देखि सुर्खेत हुदै जमुनाह दु्रत मार्गको कामलाई पहिलो प्राथमिकतामा राखेर हवाई सर्भे पश्चात स्थलगत सर्भेको काम समेत अघि बढाइएको बताए ।

मुख्य मन्त्री महेन्द्रबहादुर शाही संगको कुराकानी हेर्नुहोस्

२०७५ मंसिर २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्