४ मंसिर । वीरेन्द्रनगर ७ ईत्रामकी ज्ञानुकुमारी सुवेदि (गैरै ) बुवा मोतीप्रसाद सुवेदी र आमा नन्दकला सुवेदीको कोखबाट घरकी कांईली छोरीको रुपमा जन्मिएकी हुन् ।
२०२५ साल कात्तीक १६ गते वीरेन्द्रनगर १२ नेवारेमा जन्मिएकी ज्ञानु सानैदेखी सहयोगी स्वभावकी थिईन् । समाजसेवी उनको स्वभाव बुवा मोतीप्रसाद सुवेदीलाई असाध्यै मनपथ्र्यो ।
माध्यामीक तहसम्मको शिक्षा श्री अमरज्योती नमुना उच्च माध्यामीक विद्यालय नेवारे सुर्खेतमा पुरा गरेकी ज्ञानुले स्नातक तह भने शिक्षा क्याम्पस सुर्खेतबाट गरेकी हुन् ।
सानोमा यो बन्छु भन्ने ज्ञानुको सपना थिएन तर समाज सेवा गर्ने सोच थियो । २०४६ सालमा शिक्षक सेवा आयोगको परिक्षा पास गरेर ज्ञानु उज्यालो यात्राको अगुवाई गरिरहेकी छिन् ।
खानेपानीमा अस्थाई जागीर गर्दै गरेकी ज्ञानुलाई घरपरिवारले नै शिक्षक सेवाआयोग पढ्न लगाएका हुन् । २०४६ सालबाट शिक्षकको रुपमा काम गर्दै आएकी उनी हाल जनजागृत प्राथमीक विद्यालय बस्तीपुर सुर्खेतकी प्राधानाध्यापक हुन ।
ज्ञानको दियो बालिरहेकी उनै ज्ञानुसंग सेरोफेरोले गरेको कुराकानी उनकै शब्दमा :
वि.स. २०४६ सालदेखी शिक्षकसेवा पास गरेर यो क्षेत्रमा प्रवेश गरेकी हुँ । मैले शिक्षीका भएर जुनसुकै विद्यालयमा गएपनि विद्यार्थी तथा अभिभावकको मायाँ पाईराखें । किनकी मैले विद्यार्थीलाई संधै माया गरें ।
सरकारी कर्मचारीहरुका लागि ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उक्ति अझै प्रचलनमा छ । तर म कामले यो भनाईलाई गलत सावित गर्न चाहन्छु ।
सरकारी विद्यालयमा खर्च कम लाग्ने भएकोले अभिभावकले आफ्ना बालबालिकाको पढाईमा त्यती चासो गर्र्दैनन् । तर वास्तबमा यो सरकारी लगानी हो । त्यसैले सरकारी कामहरु अझ राम्रो र व्यवस्थित हुनु जरुरी छ ।
श्री जनजागृत प्राथमीक विद्यालय वि.सं. २०४८ सालमा स्थापना भएको हो । म २०४९ सालदेखी यस विद्यालयमा शिक्षण गर्दै आएकी छु । यहाँ आउनु अघि म अमरज्योती नमुना उच्च माध्यामीक विद्यालयमा शिक्षण गरिरहेकी थिएँ ।
कक्षा पाँच सम्म सञ्चालित जनजागृत प्राथमीक विद्यालयमा चार जना शिक्षिका मात्रै रहेका थिए । विद्यालय स्थापनाको करिब २४ वर्ष चारजना शिक्षिकाले मात्रै विद्यालय धानिएको छ । शिक्षा कार्यलयले दिएका चारजना शिक्षीकाले मात्रै कक्षा पाँचसम्म नभ्याउने भएपछि नीजी स्रोतबाट अभिभावकहरुले दुईजना शिक्षक राखेका छन् ।
वर्षको एक हजार रुपैयां अभिवावकहरुले शिक्षकको लागी दिने गरेका छन् । विद्यालयमा अध्ययनरत ९० प्रतिशत विद्यार्थी एकदमै न्युन आर्थिक परिवारका छन् । तिनीहरुका लागी मैले पोशाकको व्यवस्था गरेकी छु ।
म पहिला शिक्षिकाको रुपमा मात्रै काम गर्थें तर काम गर्नका लागी पदिय भूमिकाको पनि आवश्यकता पर्ने रहेछ । प्रअको रुपमा म २०७२ बैशाख २३ गतेदेखी काम गर्ने अवसर पाएँ तवदेखी विद्यालय सुधार हुँदै गयो ।
विद्यालयको भवन निर्माण, पर्खाल, शिक्षण विधीमा समेत थुप्रै सुधार भएको छ । विद्यालय व्यवस्थापन समिति, अभिभाबकहरु तथा सहयोग दाताहरुको ठुलो सहयोग छ । हाम्रो विद्यालयमा बालबिकास सहित जम्मा १ सय ४५ जना विद्यार्थी छन् । हामी शिक्षकहरुकै पहलमा २०६९ सालबाट अङ्ग्रेजी माध्यममा पढाई शुरु गरेका हौं ।
हामीले कक्षा ३ सम्म स्मार्ट कक्षा सञ्चालन गरेका छौं । जहां विद्यार्थीहरु टिभीमा भिडियो हेरेर पढ्ने गर्दछन् । अनुकरणीय हुनुपर्ने भएकोले विद्यालयमा विद्यार्थीहरुलाई तपाई भनेर बोलीने गरिन्छ । उनीहरु एकआपसमा पनि तपाई भनेर बोल्ने गर्दछन् ।
बालबालिकाहरु घरको मात्रै खाजा लिएर आउने गर्दछन् । फाष्टफुड निधेष छ । मेरै नेतृत्वमा तिहारमा भैलो खेलेर २०७२ सालमा नै २८ हजार संकलन गरेका थियौं । सहयोग दाताहरुको सहयोगमा हामीहरुले विद्यार्थीहरुलाई पोशाक वितरण गर्न सकेका छौं ।
प्रत्येक वर्ष जेठको पहिलो हप्तासम्म विद्यालयमा भर्ना हुने विद्यार्थीहरुलाई निशुल्क रुपमा दुई–दुई जोर पोशाक र चिसोको लागी ज्याकेट तथा जुत्ता वितरण गर्दै आएका छौं । विद्यालयमा अक्षय कोषको समेत व्यवस्था गरिएको छ । जहाँ अकस्मात समस्या पर्दा समाधानका लागी जगेडा कोष छ ।
विद्यार्थीहरुलाई पहिलो शिक्षा घरबाटै दिनु आवश्यक छ । खानपान, पोशाक, स्वाथ्य तथा बोलीभाषा र पढाई प्रतिको लगाब घरबाटै विद्यार्थीले सिक्ने अवसर पायो भने पछि राम्रो गर्न सक्छ । विद्यालयमा शिक्षकको मुस्कान सहितको शिक्षणले विद्यार्थीले पचास प्रतिशत सिक्ने मौका पाउँछ ।
हाम्रो विद्यालयमा विद्यार्थीलाई कहिल्यै सजाय हुँदैन । हामी हाँजीर गर्दा ऐस वा नो भन्नुको सट्टा शब्द बोल्न लगाउंछौं । जसले गर्दा विद्यार्थीहरुले अझ सिक्ने मौका पाउने गर्दछन् ।
अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई सहभागी गराउने गर्दछौं । अब घोगन्ते विद्या होईन व्यवहारिक शिक्षा चाहिएको छ त्यो हामीबाटै शुरुवात हुनु जरुरी छ ।
हामी व्यवहारिक शिक्षामा बढि जोड दिने गर्दछौं । वैंकमा पैंसा जम्मा गर्ने देखी खाना बनाउने सम्मको सिप विद्यालयमा सिकाईन्छ त्यो विद्यार्थीका लागी व्यवहारिक ज्ञान हो । कतिपय अवस्थामा मैले विद्यार्थीका लागी कापी कलम र पोशाक समेत आफ्नै पैंसाले किनिदिने गर्दछु ।
समाज सेवा र विद्यालय सुधारका लागी मलाई घरपरिवारको समेत ठूलो सहयोग छ । घरमा दुई छोरा, म अनी श्रीमान् बस्छौं । श्रीमान् सामाजीक विकास मन्त्रालयमा स्वाथ्य अधिकृतको रुपमा काम गर्नुुहुन्छ । छोराहरु पढ्दै छन् ।
मलाई अझै विद्यालयमा कक्षा वृद्धि गर्ने ईच्छा छ । अभिभावकको दबाब तथा विद्यार्थीको भविष्यको लागी कक्षा बढाउने लक्ष्य मैले लिएकी छु । अरु विद्यालयको भन्दा जनजागृत फरक छ । यो विद्यालय बालमैत्री विद्यालय हो ।
अरु विद्यालयले जनजागृतबाट जङ्क फुड निधेष, मुस्कान सहितको सेवा, सजाय नदिने, अतिरिक्त क्रियाकलापहरुमा जोड, सरसफाई, बोलीभाषा थुप्रै कुराहरु हामीबाट अनुसरण गर्न सक्छन् ।
प्रतिकृया दिनुहोस्