Birendranagar Municipality

पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले ल्यायो नीति तथा कार्यक्रम

सेरोफेरो


११ जेठ, काठमाडौँ ।  आर्थिक वर्ष २०७४ र ७५ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बिहिबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको खाका राष्ट्रपति भण्डारी समक्ष पेश गरेका थिए । मन्त्रिपरिषद्को जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।


यस वर्षको नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन सहित संघ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् ।


वर्तमान सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि नयाँ कार्यक्रम नल्याउने र विगतका कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी यस अघि नै दिइसकेको छ ।

२०७४ जेठ ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्