६ मंसिर । नाम्खा गाउँपालिका लिमीको हल्जीमा अध्ययनरत नर्बेजियन नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
बिहिबार सिम्रीक एयरको हेलिकोप्टरले ४४ वर्षिया एसटी होबिडेनलाई उद्धार गरिएको बिमानस्थल सुरक्षा पोष्टका प्रहरी नायव निरीक्षक कर्ण बहादुर चन्दले जानकारी दिए ।
लिमीको साँस्कृतिको अध्ययनका लागि डेढ महिनादेखि लिमीमा बसेकी होबिडेनलाई चार दिन देखि रुघा खोकी तथा ज्वरो आएर स्वास फेर्न कठिन भए पछि हेलिकोप्टरबाट उद्धार गरिएको चन्दले बताए । होबिडेनलाई बिहीबार नै सुर्खेत हुँदै काठमाडौ लगिएको छ ।
गत बर्ष पनि होविडेनले चार महिना लिमीमा बसेर अध्ययन गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्