७ मंसीर । डडेल्धुरामा बिहिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २७ जना घाइते भएका छन् ।
उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार बेलुका करिब ५ः४० बजे उक्त बस दुर्घटना भएको थियो। बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परेका १३ पुरूष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिए। घाइतेमध्ये १३ जनाको हाल उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ भने १४ जनालाई धनगढी रेफर गरिएको छ। दुई जना उपचार पछि घर फर्किएका छन्।
सनाखत भएका मृतकहरुमा नवदुर्गा गाउँपालिका ३ डोटीका २२ बर्षीय चक्र धामी, दिपायल सिलगढी नगरपालिका डोटीका ३५ बर्षीय शशि विक, शिखर गाउँपालिका ११ डोटीका २५ बर्षीय गोदा भाट, ४० बर्षीय कैलाश रावल, ४० वर्षकै योगेन्द्र रावल, शिखर नगरपालिका १० का १६ बर्षीय रोहित बलायर छन् ।
प्रतिकृया दिनुहोस्