Birendranagar Municipality

युपिएफले सरकारलाई सह-आयोजकबाट हटायो

सेरोफेरो

९ मंसीर । युनिभर्सल पिस फेडेरेशन (युपिएफ)ले मंसिर १४ देखि १७ गतेसम्म गर्ने एसिया प्यासिफिक समिट २०१८ को सहआयोजकबाट नेपाल सरकारलाई हटाएको छ।

 

चौतर्फी विरोध भएपछि आयोजकले यस्तो कदम चालेको हो । युपिएफको वेबसाइटमा राखिएको सूचना बमोजिम नेपाल सरकारलाई सहआयोजकबाट हटाएर सहयोगीको रूपमा राखिएको छ।

 

नेपाली कांग्रेसले कुनै निश्चित धर्म (क्रिश्चियन)प्रचार गर्न सरकार नै सहआयोजकु बसेको भन्दै शनिबार पत्रकार सम्मेलन गरेर सरकारको जवाफ मागेको थियो।

२०७५ मंसीर ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्