सेरोफेरो
जेठ १२, पोखरा । नेपालकै ठुलो महानगर पोखरा लेखनाथको मेयरमा नेकपा एमालेका मानवहादुर जिसी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा जिसीले ६० हजार चार सय २३ मत प्राप्त गरी विजयी भएका थिए । उनले नेपाली काँग्रेसका उमेदवार रामजी कुँवरलाई १३ हजार नौ सय ५० मत अन्तरले पराजित गरी महानगरको मेयर बनेका हुन् ।
यसैगरी पोखरा लेखनाथको उपमेयरमा एमालेकै मञ्जु गुरुङ निर्वाचित भएकी छन् । उनले नेपाली काँग्रेसकी सरस्वती गुरुङलाई पराजित गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्