Birendranagar Municipality

निर्मलाका बाबुलाई उपचारका लागि काठमाडौं लगियो

सेरोफेरो
निर्मलाका बाबुलाई उपचारका लागि काठमाडौं लगियो

९ मंसिर । निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई उपचारका लागि कञ्चनपुरबाट काठमाडौं लगिएको छ । उनलाई आइतबार साँझ काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ । केही दिनयता उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

 

यज्ञराजसँगै निर्मलाकी आमा दुर्गादेवी, यज्ञराजका भाइ र भिनाजु पनि काठमाडौं आएका छन् । हवाइजहाजले ल्याउन नमानेपछि यज्ञराजलाई शनिबार साँझ सडकमार्गबाट काठमाडौं ल्याइएको हो ।

 

दुर्गादेवीका अनुसार महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म यज्ञराजले गाडीमा एकोहोरो बोल्ने छटपटाउने गरेका कारण समस्या भएको थियो । त्यसपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा लठ्याउने सुई लगाएपछि उनी दिनभरी सुतेका थिए ।

 

आइतबार साँझ औषधीले काम गर्न छाडेपछि फेरि समस्या भएको उनले बताइन् । अहिले शिक्षण अस्पतालमा डाक्टरको निगरानीमा यज्ञराजको उपचार भइरहेको छ ।

 

निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनको हत्यारा लुकाउन प्रहरीनै संलग्न भएको पाइएको छ भने हालसम्म हत्यारा सार्वजनिक हुन सकेको छैन ।

२०७५ मंसीर ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्