Birendranagar Municipality

कर्णाली प्रदेश विकासको गुरुयोजना निर्माण गरिने

सेरोफेरो/सुर्खेत
कर्णाली प्रदेश विकासको गुरुयोजना निर्माण गरिने

९ मंसिर । कर्णाली प्रदेश योजना आयोगको पहिलो बैठकले चालु आर्थिक बर्षभित्रै प्रदेश विकासको मार्गदर्शनको लागि पञ्चबर्षीय योजना निर्माण गर्ने निर्णय गरेको छ ।

 

मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रवहादुर शाहीको अध्यक्षतामा आइतवार सम्पन्न बैठकले कर्णाली प्रदेशको दीर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र तयार गर्ने निर्णय गरेको हो ।

 

वैठकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम एवं वजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरि वार्षिक योजना तयार गर्ने निर्णय पनि गरेको सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

 

निरौलाका अनुसार चालू आवको वजेट कार्यान्वयनलाई प्रभावकारी वनाउन अनुगमन मूल्याँकन निर्देशिका तयार गरी प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने पनि आजको वैठकले निर्णय गरेको छ ।

 

वैठकमा आजै शपथ लिएका योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

२०७५ मंसीर ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्