Birendranagar Municipality

एकाएक संसद भवन सुन्तला रङको भयो

सेरोफेरो/सुर्खेत
एकाएक संसद भवन सुन्तला रङको भयो

९ मंसिर । महिला हिंसा बिरुद्धको १६ दिने विश्वव्यापी अभियान आइतबारबाट शुरु भएको छ ।

 

‘मेरो पनि सुन, रंगाउँ विश्व सुन्तला रंगले भन्दै विश्वभरी र ‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराको साथ नेपालका सबै जिल्लामा विभिन्न गतिविधि गरेर अभियान शूरु गरिएको हो ।


यसै सन्दर्भमा कर्णाली प्रदेशसभा सचिवालय र संयुक्त राष्ट्रसंघको आयोजनामा प्रदेश सभामा सुन्तला रंगको बत्ति बालिएको छ । प्रदेश सभाका सभामुख राजबहादुर शाहीले स्विच थिचेर संसद भवन परिसर रंगीन बनाएका थिए ।

1
संयुक्त राष्ट्रसंघीय निकायका ‘डेपुटी कन्ट्रि डाइरेक्टर’ आइस्यानी लाभेले सुन्तला रंगलाई एकता र स्वतन्त्रताको संकेत भएकोले यो अभियानको अवधिमा संसारभर सुन्तला रंगको प्रयोग गरिने बताइन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकायका कमला ओलीले वर्तमान अवस्था, कानूनी प्रावधान, व्यवहारीक कठिनाई र चाल्नु पर्ने कदमको बारेमा प्रस्तुती गरेकी थिइन् ।

3
सभामुख शाही, उपसभामुख पुष्पा घर्ति विष्ट लगाएत अन्य सांसद र सरोकारवालाको उपस्थितीमा लैङ्गिकतामा आधारित हिंसा रोकथाम एवं सम्वोधन विषयक अन्तरक्रिया गरिएको थियो । सरोकारवाला सबैले कर्णालीका विद्यमान लैङ्गिक समस्या र समाधानका लागि आफ्नो भूमिकाको विषयमा भनाई राखेका थिए ।

24
यसैगरी वीरेन्द्रनगर नगरपालिकाको आयोजना र विभिन्न संघ संस्थाको समन्वयमा बजार क्षेत्रमा र्‍याली प्रदर्शन गरी पिपल चौतारामा पुगेर दिप प्रज्वलन गरिएको छ ।


उक्त कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावले विभिन्न धर्म, संस्कार र सम्पत्तिका नाममा महिलाहरु माथि हिंसा भएको बताए । हिंसा पिडित महिलाहरुका लागी प्रत्यक्ष लाभ पुग्नेगरी कर्णाली सरकारले काम गर्ने समेत उनको प्रतिवद्धता थियो ।

78
डोमिनिकन गणराज्यमा तानाशाही सरकारका बिरुद्धमा आन्दोलनरत एउटै घरका तीन दिदि बहिनी पेटिया, मिनभा र मारियालाई त्यहाँको सरकारले गिरफ्तार गरी सन् १९६० नोभेम्बर २५ मा उनीहरुको निर्ममतापुर्वक हत्या गरेको थियो ।


त्यसपछि उनीहरुका अनुयायीहरुले थालेको आन्दोलनले निरङ्कुश त्रिजिलो सरकारको अन्त्य भएर डोमेनिकन स्वतन्त्र राज्यको स्थापना भई नोभेम्बर २५ लाई महिला हिंसा बिरुद्धको दिवसका रुपमा मनाउन थालियो ।


त्यसको प्रभाव विभिन्न देशमा परेपछि १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भई २००० देखि २५ नोभेम्बरलाई महिला हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियानको रुपमा संसारभर मनाउन थालिएको हो । तदनुसार नेपालमा २०७५ मंसिर ९ देखि २४ सम्म मनाउने गरिन्छ ।

56

 

२०७५ मंसिर ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्