१० मंसीर । सुर्खेतको वीरेन्द्रनगरमा यही मंसीर १९ गतेदेखि हुने भनिएको व्यापार महोत्सव १ महिनासम्मका लागि स्थगित भएको छ । व्यापारीहरुबीच विवाद भएपछि चेम्बर अफ कमर्सले आयोजना गर्ने उक्त महोत्सव स्थगित गरिएको हो ।
आन्दोलनरत व्यवसायी, महोत्सवका आयोजक र नगरपालिकाबीच सोमबार भएको छलफलमा नगरपालिकाले मेला तथा महोत्सवसम्बन्धी कार्यविधि नबनाएसम्म वीरेन्द्रनगरमा महोत्सव सञ्चालन नगर्ने सहमति भएको थियो ।
चेम्बर अफ कमर्सले मंसिर १९ गतेदेखि वीरेन्द्रनगरस्थित खुला मञ्चमा ‘कर्णाली महोत्सव–२०७५’ सञ्चालन गर्ने घोषणा गरेको थियो। स्थानीय ब्यापारीले महोत्सवको विरोधमा सोमबार वीरेन्द्रनगर बजार बन्द गराएका थिए । छलफलमा आन्दोलन फिर्ता लिने व्यापारीहरुको सहमति भएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गतका १७ वटा वस्तुगत समितिले कार्यविधि नबनेसम्म मेला आयोजना गर्न नहुने भन्दै आइतबार खुलामञ्चमा लगाइएको बार भत्काइदिएका थिए ।
प्रतिकृया दिनुहोस्