१२ मंसिर । २०६७ मा सुर्खेतमा स्थापना भएको अपाङ्ग तथा असहाय बालबालिकाहरुको लागि संस्था (एडिसी) शारीरिक दुर्वलता भएका बालबालिकाको सहारा बनेको छ ।
अपाङ्गताका प्रकारहरु थुप्रै भएपनी विशेषगरी संस्थाले पक्ष्ँघात भएका बालबालिकाहरुको लागी सेवा दिईरहेको संस्थाका सचिब ज्ञानेन्द्रराज गौतम बताउंछन् ।
भन्छन् ‘हाल हामीले सञ्चालन गरेको पक्षघाट शेन्टर हो । जहां साना बालबालिकाको उमेर अनुसारको विकास भएको हुंदैन वा शरीरका अङ्गहरुमा समस्या भएको हुन्छ । त्यस्ता बालबालिकालाई हामीले सेवा दिईरहेका छौं ।’
संस्थाले विभिन्न जिल्लाहरुबाट पक्षघात भएका बालबालिकाहरु छनौट गरेर ल्याउने गर्दछ र निशुल्क फिजियोेथेरापी सेवा दिईरहेको छ ।
बालबालिकाहरुको उपचार गर्नको लागी संस्थाले फिजियोथेरापिस्ट पनि नियुक्त गरेको छ ।
राज्यबाट संस्थालाई खासै सहयोग नभएकोे संस्थाका सचिव गौतमको गुनासो छ । ठूला डोनरको सहयोग नपाएको बताउंदै उनले फ्रान्सेली नागरिक डा.ज्याक्स विगेन र केहि सहयोग फ्रान्सको रोटरी क्लवबाट भएको सेरोफेरोलाई जानकारी गराए ।
हालसम्म संस्स्थाबाट ५८ जना बालबालिकाहरुले सेवा लिईसकेका छन् । शेन्टरमा आउने बच्चाहरु सुस्तमनस्थिती भएका, पक्षघात र हार्डजोर्नीमा समस्या भएका हुन्छन् ।
सुर्खेतमै घर भएका बालबालिकाहरु विहान १० बजे आउने र दिउंसो जाने गर्दछन् । बालबालिकालाई खाजा, पानी निशुल्क दिने गरिएको संस्थाको भनाई छ ।
पक्षघात शेन्टरमा सेवा लिनेमा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्लाका बालबालिकाहरु छन् । ‘नियमित फिजियोथेरापी गर्न आउने बालबालिकाहरु ८ देखी १० जनासम्म हुने गर्दछन्’ गौतमले भने ।
संस्थाले विकट क्षेत्रमा गएर शिविर सञ्चालन गरी बालबालिका छनोट गर्ने गरेको र जिल्ला स्वास्थ्य कार्यालयहरुबाट समेत पक्ष्ँघात भएका बालबालिकाहरुको तथ्याङ्क ल्याउने गर्दछ ।
बास्तविक रुपमा पक्षघात भएका बालबालिकाहरुको पहिचान गर्नको लागि जिल्ला स्वास्थ्य, स्थानिय स्वास्थ्य चौकी लगाएत अपाङ्गता क्षेत्रमा काम गर्ने स्थानिय गैरसरकारी संस्थाहरुबाट समेत बालबालिकाहरुको तथ्याङ्क माग्ने गरेको छ ।
बच्चाको परिवारको आर्थीक अवस्था एकदमै कमजोर भएको, शारीरिक अवस्था समेत एकदमै नाजुक भएको र उपचार पाए सुधार हुनेखालको अवस्था छ भने त्यस्ता खालका बच्चाहरु संस्थाको छनौटमा पर्ने गर्दछन् ।
संस्थाका अनुसार फिजियोथेरापी सेवा र बास बस्नको लागि पैंसा लाग्दैन ।
उपचार गराईसकेपछि अभिभावकलाई पनि बिहानदेखी बेलुका सम्म कस्तो तरिकाले थेरापी गराउने भन्ने सिकाईन्छ । जन्मजात रुपमा पक्ष्ँघात भएका बालबालिका सामान्य जस्तो हुन निकै गारो भएको संस्थाको अनुभव छ ।
कोही बच्चाहरु हिड्न नसक्ने अवस्थाका पनि शेन्टर आएर हिड्न सक्ने भएर गएका छन् । बालबालिकाहरु सामान्य नहुनु नै फरक क्षमता हो भन्ने संस्थाको मान्यता छ ।
२०६५ सालमा ‘नेपाल सोशल वकर्’ काठमान्डौंमा सोशल वर्क को तालिम लिएका ज्ञानेन्द्र गौतमलाई आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने सोच आएको थियो । हाल संस्थाका अध्यक्ष रहेका गणेशबहादुर रावल पनि समाज सेवामा रुची राख्ने भएकोले संस्था स्थापनाको परिकल्पना गरिएको सचिव गौतमको भनाई छ ।
शेन्टरमा निरन्तर ‘डे केयर’मा १० जना बच्चा र बाहिर बाट ७ जना बच्चा आउने गर्दछन् । कार्यालयमा एकजना फिजियोथेरापी डाक्टर, एकजना कर्मचारी र ‘केयर टेकर’हरु छन् ।
एकजना स्पेशल विषय शिक्षक राखिएको छ जसका कारण पक्षघात भएका बालबालिकाको शिक्षामा सहयोग पुगेको छ ।
शारीरिक तन्दुरुस्ती बनाउने, केहि ज्ञानगुनका कुरा सिकाउने देखी बिस्तारै आर्थीक अवस्था पनि मजबुद बनाउनको लागी भोकेशनल तालिम दिने संस्थाको योजना छ ।
संस्थाका अनुसार बच्चाहरु शेन्टमा आएर पुरै निको हुने होईन । तर पहिलाको स्थितीलाई केहि सुधार गर्ने र स्थिीती बिग्रन नदिने हो ।
प्रतिकृया दिनुहोस्