Birendranagar Municipality

नेपालको इतिहासमा रोजगार प्राथमिकतामा थिएन -मन्त्री विष्ट

सेरोफेरो/सुर्खेत
नेपालको इतिहासमा रोजगार प्राथमिकतामा थिएन -मन्त्री विष्ट

१२ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालको इतिहांसमा रोजगारलाई कहिल्यै प्राथमिकता नदिइएको बताएका छन् ।


बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रमसम्बन्धि नीतिगत र कानुनी व्यवस्था विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


उनले भने ‘हामी नेपाली युवाहरुलाई नेपालमै सिप दिइ देशको विकास गर्न चाहान्छौं । जसले गर्दा खांडीमा गएर पसिना बगाउने बाध्यताको समेत अन्त्य हुनेछ ।’

 

यसअघि कहिल्यै पनि प्राथमिकतामा नपरेको रोजगारको विषयलाई यो सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।


उनले थपे ‘करिब ३ लाख युवाहरुलाई नेपालमै रोजगार दिनको लागी विभिन्न कार्यक्रमहरुको तय गरिएको छ । सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडेर अगाडि बढ्ने छौं ।’ अब नेपालमा कुनै पनि श्रम गर्ने नेपालीले सामाजिक सुरक्षा कार्यक्रम नपाउने अवस्थाको अन्त्य हुने मन्त्री विष्टको भनाई थियो ।


कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली मैत्री रोजगारमा सरकारले जोड दिनुपर्ने बताए ।

 

प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जनताको आशालाई व्यवहारमा उतार्न आंफूहरु प्रतिवद्ध रहेको बताएका ।


कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजै श्रम तथा रोजगार कार्यलको उद्घाटन समेत गरिएको छ ।

२०७५ मंसिर १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्