१३ मंसीर । सामुदायिक साझेदारी अवधारणा कार्यक्रम गर्ने उद्देश्यले सामुदाय प्रहरी जिल्ला समिति निर्माण गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय सल्यानमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको संयोजकत्वमा २३ सदस्यीय सामुदाय प्रहरी जिल्ला समिति गठन गरिएको हो ।
समुदायमा हुने घटना सम्म अझैंपनि कानून पुग्न नसकेको भन्दै स्थानीयले यस्ता अपराधजन्य घटना हुनु भन्दा अगाडीनै प्रहरी लाई जानकारी गराएमा अपराधिक कृयाकलाप केही मात्रामा कमी आउने समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालाले बताए ।
उनले भने, ‘स्थानीयस्तरमा कुनै घटना हुन लागेका थाहा पाएमा अथवा घटना घटी सकेपछि पनि त्यस्को जानकारी पैसा नलाग्ने टेलिफोन नम्बर १०० मा जानरकारी गराएमा पनि केही हद सम्म दुर्घटना रोक्न सक्ने र अपराधी पत्ता लगाउन समेत यसले मद्दत गर्ने छ ।’
समुदायको सुरक्षाका लागी समुदायको पहल आवश्यक रहेको उनको भनाई छ । नव गठित यस समितिले समुदाय र प्रहरी बिच पुलको काम गर्ने उनले सो अवसरमा बताएका छन् । सुरक्षार विकास संगसंगै हुने भएकाले असुरक्षाका बिचमा विकास सम्भव नरहेको उनले बताए ।
‘उनले भने,विकास भएको मानिसले देख्न सक्छ, तर सुरक्षा महसुस गर्ने कुरा हो यदि सुरक्षा भएन भने कुनै विकासे काम पनि सम्भव हुंदैन् । त्यसैले समुदाय जागरुक हुन जरुरी छ र यस समितिले पनि यही उद्देश्य राखेको छ ।’
यस समितिले समुदायमा भएका सुचना प्रहरी सम्म पुर्याउने र अपराध न्युनिकरणमा यस्ले महत्वपुर्ण भुमिका खेल्ने समितिका सह संयोजक तथा प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले बताए ।
‘गाउँघरमा हुने घटनाको बोरेमा कसैले प्रहरीलाइृ खबर गरेपपिछ मात्रै थाहा हुने हो त्यसैले अपराधिक कृयाकलाप,घरेलु हिंसा लगायतका कुराहरुको जानकारी दिएमा शान्ती सुव्यवस्था अझै मजबुत हुने छ उनले भने ।’
स्थानीय जनप्रतिनिधि सल्लाहकार रहेको समुदाय प्रहरी जिल्ला समितिमा अधिकारकर्मी, पत्रकार, स्थानीयलाई समेटिएको समितिका सह संयोजक ईन्सपेक्टर गिरीराज भण्डारीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्