Birendranagar Municipality

निर्मला हत्याकाण्डमा प्रहरीको गम्भीर त्रुटी : कर्णाली प्रदेश सभा सदस्य रेग्मी (भिडियो)

सेरोफेरो
निर्मला हत्याकाण्डमा प्रहरीको गम्भीर त्रुटी : कर्णाली प्रदेश सभा सदस्य रेग्मी (भिडियो)

१४ मंसिर । निर्मला हत्या काण्डको अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटी रहेको कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले बताएका छन् । प्रहरीको "प्रोफेस्नालीज्म" राजनितीक कारणले समाप्त भएको समेत उनले बताए ।

 

सेरोफेरो सम्वादमा कुरा गर्दे रेग्मीले फौजदारी मुद्धाहरुमा नेपाल प्रहरीले अनुसन्धान गर्ने क्षमता समेत नराख्ने बताए । हत्यारालाई समाउनको लागी आवश्यक प्रमाणहरु प्रहरीले नै नष्ट गरी अनुसन्धानमा थप संकट र जटिलता थपेको उनले बताए । जसले प्रमाण जोगाएर राख्नुपर्ने हो उसैले प्रमाण मेटाएपछि कसरी अपराधी फेला पर्छ ।

 

नेकपाको तल्लो तहसम्मको कमिटी निर्माण नहुँदा, स्थानीय तहका जनप्रतिनीधीहरुले आफ्नै ढंगबाट मनपरी काम गरीरहेको उनले बताए । उनले भने सरकारले गरेका राम्रा कामका बारे तल्लो तहको कमिटीले जनतालाई जानकारी दिने हो, पार्टी र सरकार नजोडिदा सरकारका राम्रा काम ओझेलमा परेको उनको भनाई छ ।

 

कर्णाली प्रदेश सभाले १७ वटा कानुन निर्माण गरेको समेत उनले बताए ।

 

भिडियो हेर्नुहोस् :

२०७५ मंसिर १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्