Birendranagar Municipality

पिकनिकबाट फर्किएको गाडी दुर्घटना : एकको मृत्यु, १० घाइते

सेरोफेरो/सुर्खेत
पिकनिकबाट फर्किएको गाडी दुर्घटना : एकको मृत्यु, १० घाइते

१५ मंसीर । सुर्खेतको कटकुवा बाट वीरेन्द्रनगर आउँदै गरेको भे १ ख ८४९ नम्बरको बस कपासे नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकबेसी ८ गन्नेपानीकी जानकी दर्लामी रहेको प्रहरीले जनाएको छ ।

 

घाइते १० मध्ये ४ जनाको अबस्था चिन्ताजनक छ । दुर्घटनाग्रस्त गाडीले ६ जना भन्दा बढीलाई च्यापेको थियो । घाइतेहरुलाई उपचारका लागि स्थानीय माया नर्सिङ होममा लगिएको प्रहरीले जनाएको छ ।

 

जन जागृती युबा क्लब लेकबेसी ८ गन्नेपानीको पिक्निक टोलि सुर्खेतको कटकुवाबाट पिक्निक खाएर फर्कंदै गर्दा कपासे नजिकैको मोडमा बस दुर्घटना भएको थियो । चालकले मदिरा सेवन गरेकोले बसलाई नियन्त्रणमा लिन नसकेको प्रहरीले अनुमान गरेको छ ।

२०७५ मंसीर १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्