१५ मंसीर । भारतको देहरादुनमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा कर्णालीका खेलाडीले ६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।
नोभेम्बर २९ र ३० मा सम्पन्न खेलमा पहिलो पटक नेपालकै प्रतिनिधित्व गरेका कर्णाली प्रदेशका खेलाडीले उक्त पदक जितेका हुन् । स्वर्ण पदक जित्ने खेलाडीहरुमा शशिराम विक, बरुण शाह, प्रणव शाह, रोशन खड्गी, आसुतोष मल्ल, शुशील वली लगायत रहेका छन् भने दिलिप वलीले सिल्भर मेडल सहित दोश्रो स्थान हात पारेका छन् ।
प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट १० जनाले सहभागिता जनाएको टीम कोच नन्दा बस्यालले जानकारी दिइन् । पुम्से खेल्नका लागि उमेर अनुसार र तौल अनुसार खेलाडीले प्रतियोगितामा भाग लिएको कोच बस्यालकोे भनाई छ ।
खेल क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै खेललाई कर्णालीले प्राथमिकतामा राख्ने हो भने यसैले प्रदेशलाई चिनाउन सक्ने पनि बस्यालले बताइन् ।
प्रतिकृया दिनुहोस्