मंसिर १५ । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–१ लुसा र सेरिज्यूलाको घर आगनमा गाडी गुडेपछि स्थानीय गाउँलेहरु हर्षित भएका छन् । उनिहरुले स्थानीय बाजागाजा हुड्के नाचकासाथ यहाँ पुगेका जिपहरुलाई शुक्रबार भव्य स्वागत समेत गरे ।
बिगतमा दिनमा सडक नहुँदा कैलाली गोलाघाट र चीनको तिब्बत सम्म गएर नुन बोक्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई सडक पुगेपछि सहज भएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डिवि शाहीले बताए । यहाँका बासिन्दाले पुर्खाले झैं नुन, चामल ल्याउन ‘हाट’ जान पथ्र्यो । अब त्यो दुःख हटेकोमा स्थानिय दंग छन् ।
गाउँमा कहिले सडक आउला भन्ने तिव्र आकांक्षा रहेको र स्थानीय सरकारको सक्रियतामा सडक निर्माण भएकोले अब स्थानीय उत्पादन बजारमा पुर्याउन र बजारबाट दैनिक उपभाग्य सामानहरु गाउँमा ल्याउन सहज हुने स्थानीय कर्ण जैसिले वताए ।
‘अब गाउँमा उत्पादन भएको तरकारी, खाद्य बाली लगायतका सामान बजारमा पुर्याउन सजिलो हुने भएको छ।’ जैसिले भने ।
स्थानीय सरकार बनेपछि जनप्रतिनीधिहरूले सडकलाई पहिलो प्राथमिकतामा राखेकाले चुनाव भएको डेढ वर्षमै दुर्गुम गाउँमा गाडी पुगेकाछन ।
२ करोड ५० लाख रुपैँया लागतमा कर्णाली करिडोरको रेगिल सेरिज्यूला हुँदै लुसा सम्मको ६ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ ।
सडकको औपचारिक उद्घाटन कालिकोट जिल्लाका प्रतिनिधिसभा सदस्य दुर्गवहादुर रावतले गरेका थिए । सडक उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रावतले कालिकोटको विकासका लागि सडक पहिलो प्राथमिकतामा रहेको बताए । उनले सडक निमार्णले पैदल हिडेर नुन खाद्यान्न बोक्नु पर्ने वाध्यता हटेको वताए ।
उनले स्थानीय तहको निर्वाचनपछि आफूहरूले मतदाताहरुसँग गरेको बाचा अनुरुप तीन बर्षमा गाउँपालिकाका सबै वडाहरुमा गाडी पुर्याउने लक्ष यस गाउँपालिकाको रहेको छ ।
प्रतिकृया दिनुहोस्